श्रीमतीको हत्या, श्रीमान फरार

कैलाली, माघ १० । श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । कैलालीको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगर श्रीमतीको हत्या गरेर फरार भएका हुन् ।

आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेर फरार रहेका रोक्कामगरको खोजी भईरहेको प्रहरीले जनाएको छ । घरायसी विवादमा रोक्कामगरले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *