Skip to content
आइतबार, ८ चैत २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

विराट राजाको दरबार उत्खनन् गर्दा जे देखियो

८ माघ, २०७८नेपाल समाजप्रदेश १, मुख्य समाचार, समाज

विराटनगर । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ ।

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन कामको सुरुवातपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खननको काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ । सम्भवतः अझ दुई दिन उत्खननको काम हुने अधिकृत ज्ञवालीले बताए ।

उनले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ भने मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरेका छन् । उत्खनन गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ ।

त्यहाँ माटा अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ । मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लागेका स्थानीय नवकिशोर यादवले बताए ।

उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किलोमिटर उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए । उनले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए ।  विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरू फेला पारेको र यी सबै वस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिए । ।

सरकारी पहुँच नभएर यसको प्रचार, प्रसार एवं उत्खननबाट वास्तविक पहिचान हुन नसकेको यो क्षेत्रमा प्रदेश नं २ को तत्कालीन प्रदेश प्रमुख डा राजेश झा, प्रदेश नं १ को तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले निरीक्षण एवं अवलोकन भइसकेको यो क्षेत्रको थोरै विकासमा विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति मोरङले मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताए ।

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भने, “झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो ।”

तस्वीर : मनोज दाहाल, रासस

सम्बन्धित खवर

यस्तो छ स्वास्थ्यमन्त्री गौतमको कामको प्रगति विवरण

यस्तो छ स्वास्थ्यमन्त्री गौतमको कामको प्रगति विवरण

४ घण्टा अघि
झापामा चितुवाको आक्रमणमा प्रहरीसहित चार जना घाइते

झापामा चितुवाको आक्रमणमा प्रहरीसहित चार जना घाइते

४ घण्टा अघि
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

५ घण्टा अघि
सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको निर्णय

सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको निर्णय

६ घण्टा अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

ऊर्जा केन्द्रलाई निशाना नबनाउन अमेरिकालाई इरानको  चेतावनी

ऊर्जा केन्द्रलाई निशाना नबनाउन अमेरिकालाई इरानको चेतावनी

३ घण्टा अघि
यस्तो छ स्वास्थ्यमन्त्री गौतमको कामको प्रगति विवरण

यस्तो छ स्वास्थ्यमन्त्री गौतमको कामको प्रगति विवरण

४ घण्टा अघि
झापामा चितुवाको आक्रमणमा प्रहरीसहित चार जना घाइते

झापामा चितुवाको आक्रमणमा प्रहरीसहित चार जना घाइते

४ घण्टा अघि
रविलाई प्रधानमन्त्रीको सुझावः सम्हालिएर अघि बढ्नु, देशबासीको मुहारमा मुस्कान ल्याउनु

रविलाई प्रधानमन्त्रीको सुझावः सम्हालिएर अघि बढ्नु, देशबासीको मुहारमा मुस्कान ल्याउनु

४ घण्टा अघि
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

५ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy