खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा नेपालको जोड

काठमाडौं । नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ । ‘संयुक्त राष्ट्रसङ्का महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसङ्घीय महासभाको शुक्रबारको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न अपरिहार्य भएको बताएको हो ।

बैठकमा संयृुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभका लागि खोप महत्वपूर्ण रहेको उल्लेख गर्दै संसार धनमा गरिब नभएर नैतिक शक्ति बाँडफाँटको न्यायमा गरिब रहेको बताए ।

सामाजिक सञ्जालमा राजदूत राईले लेखेका छन्, ‘विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ हासिल गर्न खोपमा न्यायपूर्ण पहुँच महत्वपूर्ण छ, संसार धनमा गरिब छैन तर नैतिक बल बाँडफाँटको न्यायमा गरिब छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *