थप १०,२५४ जनामा कोरोना संक्रमण, १६ को मृत्यु, ७०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०२५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९०४७९६ पुगेको छ । त्यस्तै ७०८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८२०२८३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६५१ पुगेको छ । क्वारेन्टाइनमा १४९ जना छन् भने आइसोलेसनमा ७२८६२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *