आईपीएल अक्सनको लागि नेपालका १५ जना खेलाडीको नाम दर्ता

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)को मेगा अक्सनको लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडी दर्ताको लागि समय रहेको बिहीबारसम्म विश्वभरिबाट १ हजार २ सय १४ खेलाडीले आफ्नो नाम दर्ता गराएको आईपीएलले जनाएको हो ।

दुई दिन हुने मेगा अक्सनमा भारतबाट ८ सय ९६ खेलाडी छन् भने अन्य राष्ट्रबाट ३ सय १८ खेलाडी रहेका छन् । जसमध्ये १० फ्रेन्चाइज टिमले धेरैमा २५/२५ जना खेलाडी टोलीमा समावेश गर्नेछन् । अक्सनको लागि सबैभन्दा बढी अष्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलमा यसपटक दुई नयाँ टोली टिम लखनउ र टिम अहमदावादपनि रहेका छन् ।

नाम दर्ता गरेका खेलाडीको नाम आईपीएलले खुलाएको छैन ।

मेगा अक्सन अगाडि नै ३३ खेलाडीलाई १० फ्रेन्चाइज टिमले आफ्नो टोलीमा समावेश गरिसकेका छन् । पुराना ८ टोलीले २७ खेलाडी टोलीमा राख्दा नयाँ २ टोलीले ३/३ खेलाडी राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *