गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव पदमुक्त गर्नुपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको उपचारका तीन विकल्प प्रस्तुत गरेका हुन् । उनले यसविषयमा मन्त्री स्वयंले भूल स्वीकार र क्षमा याचना, सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा अथवा पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने विकल्प प्रस्तुत गरेका छन् ।

मन्त्री यादवले बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान मार्ने धम्की दिँदै गौर हत्याकाण्ड दोहोर्याउने चेतावनी दिएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *