USAID

रियल म्याड्रिड कोपाको क्वाटरफाइनलमा

एजेन्सी । रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इल्चेलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै म्याड्रिडले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

इस्टेडियो मानुएल मार्टिनेज भालेरोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन इडेन हजार्ड र इस्कोले एक/एक गोल गरे । इल्चेको लागि गोन्जालो भेर्डुले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा खेलमा इल्चे पराजित हुन बाध्य भयो ।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १ सय २ मिनेटमा मार्सेलो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो । लगत्तै भेर्डुले गोल गर्दै इल्चेलाई खेलमा अगाडि बढाए । १ सय आठौं मिनेटमा सेबालोसको पासमा इस्कोले गोल गर्दै म्याड्रिडलाई बराबरीमा ल्याए ।

१ सय १५ औं मिनेटमा डेभिड अलबाको पासमा हजार्डले विपक्षी गोलरक्षक अगाडि बढेको अवस्थाको फाइदा उठाउँदै गोल गरेर म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाए । अतिरिक्त समयको इन्जुरी समयमा पेरे मिल्ला रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भयो ।

जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गर्दा इल्चे प्रतियोगिताबाट बाहिरिएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.