थप १०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु, ५६२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०२५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८६८२१५ पुगेको छ । त्यस्तै ५६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८१७५४७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६२४ पुगेको छ । क्वारेन्टाइनमा एक सय जना छन् भने आइसोलेसनमा ३९०४४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *