यमनको राजधानीमा साउदी सेनाको हवाई हमला

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् ।

हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ । सोमबारको आक्रमण पनि हुथीहरुलाई लक्षित गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *