अफगानिस्तानमा भएका हिंसाका घटनामा परी ३८ जनाको मृत्यु

अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तहरूमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनाहरूमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको, स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

रिपोर्ट अनुसार अज्ञात व्यक्तिहरूले हार्टमा एक मनी चेन्जरको हत्या गरेका छन् र लघमानमा एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ । त्यसैगरी नान्गाहारको लालपुरा जिल्लामा दुई विष्फोटमा नौ विद्यार्थी र दुई महिलाको मृत्यु भएको छ भने चार बालबालिका र एक महिला घाइते भएका छन् ।

काबुलमा, एक परिवारले बताएअनुसार १३ औं प्रहरी जिल्लाको सीमामा रहेको चेकपोस्टमा गोली चल्दा छोरी मारिएको पजवोक अफगान समाचारले बताएको छ । फर्याबको बालचर्ग जिल्लामा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मैमनामा सुरक्षाकर्मीबीचको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आन्दोलनले हिंसात्मक रुप लिँदा मैमानामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । रिपोर्टहरूका अनुसार गत हप्ता राजधानी काबुलमा दुईवटा विष्फोट भएका थिए जसमा दुई सर्वसाधारण घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *