तीन दिनमा तीनवटा सवारी साधन दुर्घटना

गुल्मी । गुल्मीदरबार गाउँपालिकाको बडा नम्बर ३ गौंडाकोट म्यालपोखरीस्थिती देउराली डाँडामा जङ्गलमा तीन दिनमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । पछिल्ला तीन वटै दुर्घटना एकै स्थानमा परेका हुन् ।

पहिलो दिन डबल क्याब जिप, दोस्रो दिन हिजो पोखरा फर्किदै गरेको कार र आज बिहान लु।२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको र तिनवटै दुर्घटनामा मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ । सडक शीतले चिप्लो भएका कारण दुर्घटना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *