USAID

एथ्लेटिक क्लब सुपर कपको फाइनलमा

एजेन्सी । साविक विजेता एथ्लेटिक क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गर्दै एथ्लेटिकले फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो ।

किंङ फहाद अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन येराय अल्भारेज र निको विलियम्सले एक/एक गोल गरे । एथ्लेटिको म्याड्रिडले एक गोल उपहार पाएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा सिमोनले आत्मघाती गोल गरेपछि एथलेटिकोले खेलमा अग्रता लिएको थियो ।

७७ औं मिनेटमा मुनिएनको पासमा अल्भारेजले गोल गर्दै एथ्लेटिक क्लबलाई बराबरीमा ल्याए । ८१ औं मिनेटमा डानी गार्सियाको पासमा निको विलियम्सले गोल गर्दै एथ्लेटिक क्लबलाई २-१ गोलको अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा जोसे गिमिनेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एथ्लेटिक क्लब २-१ गोलले विजयी भयो । जीतसँगै एथ्लेटिक क्लबले आइतबार हुने फाइनल खेलमा रियल म्याड्रिडसँग भेट पक्का गरेको हो ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *