पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैनः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्य मनोनयनमा कुनै पक्षपात नगरेको बताएका छन् । बुधवार पार्टी कार्यालयमा नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभएको बताए ।

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए । अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दूराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित मुद्दासमेत लिएर अघि बढ्ने बताए । उनले पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकाले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसावले गरिनेसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *