कांग्रेसको जिल्ला अधिवेशन फेरि अनिश्चित

काठमाडौं। कोरना संक्रमण दर बढ्न थालेसँगै नेपाली कांग्रेसले माघ १५ गर्ने भनिएको १६ वटा जिल्लाको अधिवेशन फेरि अनिश्चित बनेको छ । कांग्रेसले सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

महाधिवेशनअघि नै तल्लो तहको अधिवेशन गरिसक्नुपर्ने भए पनि सत्ताधारी दल कांग्रेसभित्रको आन्तरिक विवादका कारण यी १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन ।

यसअघि पुस २७ गते गर्ने भनी तय भएको जिल्ला अधिवेशन माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको १९ पदका लागि हुने निर्वाचनलाई देखाएर माघ १५ गते सारिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएकाले माघ १५ गते तय गरिएको जिल्ला अधिवेशन पुनः अनिश्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *