जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा मंगलबार बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिकाबाट पुगेका वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *