एमाले कैलालीको अध्यक्षमा थापा विजयी

कैलाली । नेकपा (एमाले) कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए।

यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए। सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *