USAID

उपत्यकाका बालबालिकालाई आजदेखि खोप

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै आजदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो ।

उपत्यकाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। सिरिन्ज अभाव भन्दै दुई साताअघि खोप अभियान स्थगित भएको थियो ।

यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो ।

अन्य जिल्लाहरुमा समेत चाँडै खोप अभियान सुरु हुने मन्त्रालयले जनाएको छ । हाललाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *