किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन

राजविराज। किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले यहाँका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् ।

यसैक्रममा आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएका छन् ।

जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा उपप्रमुख साधना झालाई बुझाइएको ज्ञापन पत्र मार्फत किसानका लागी समय र्मै मलखाद्य, विऊ विजनको व्यवस्था गर्न, हावाहुरी र वेमौसमी वर्षाले अन्नबालीमा पु-याएको क्षती विवरण संकलन गरी क्षतीपुर्तीको व्यवस्था गर्न, किसान परिचय पत्रको व्यवस्था र किसानलाई पेनशनको व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै झुठा मुद्दम लगाई पक्राउ गरिएका किसानको अविलम्ब रिहाई, उखु किसानको भुक्तानी र सिचाई पुग्न नसकेका स्थानमा किसानका लागी निशुल्क विजुलीको व्यवस्थाका लागी पहल गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख झाले नगरपालिकाबाट सम्भव भएका सेवा सुविधा उपलब्ध गराउने र सो बाहेक कामका लागी सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएको सो पार्टीले जनाएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *