USAID

थ्री-स्टारको तेस्रो जित

काठमाडौं । थ्री-स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सहज जित निकालेको छ । आइतबार बेलुकी सम्पन्न खेलमा हिमालयन शेर्पालाई २-० गोलले पराजित गर्दै स्टारले लिगमा तेस्रो जित दर्ता गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा थ्री-स्टारले अग्रता लिएको थियो । स्टारका खेलाडी श्रीतिक खड्काले अगाडि बढाएको बल विपक्षी खेलाडी अमृत श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।

यस्तै इन्जुरी समयमा घानेफोले गोल गर्दै थ्री-स्टारलाई २-० गोलको जित दिलाए । जितसँगै थ्री-स्टार ८ खेलबाट १३ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित शेर्पा ८ खेलबाट ११ अङ्क जोड्दै छैटौं स्थानमा झरेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *