USAID

तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न इरानको राजधानी तेहरान पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गर्ने तेहरान टाइम्स दैनिकले जनाएको छ ।

इरानले तालिबानलाई समावेशी सरकार गठन गर्न आग्रह गरेको छ । इरान र छिमेकी देशहरूले अफगानिस्तानमा सबैभन्दा बढी जोड दिएका कुरा भनेको समावेशी सरकारको गठन हो । यसले अफगानिस्तानको जातीय र जनसख्याको आधारमा रहेको विविधतालाई प्रतिबिम्बित गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले बताए ।

इरान सरकारले तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई हस्तान्तरण गर्ने जनाएको छ । इरानी सरकारले अहिलेसम्म तालिबान सरकारलाई मान्यता दिएको छैन, तर इरानमा अफगान नागरिकहरुको मामिला हेर्नको लागि तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई सुम्पिने जनाइएको छ ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *