USAID

ओलावालेको ह्याट्रिकमा मनाङको फराकिलो जित

पोखरा । फरवार्ड अफिज ओलावालेको ह्याट्रिकको सहयोगमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फराकिलो जित निकालेको छ । पोखरा रंगशालामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा मनाङले रेलिगेसन क्षेत्रमा रहेको च्यासल युथ क्लबलाई ५-० गोलले पराजित गरेको हो ।

घरेलुु मैदानमा भएको खेलमा मनाङलाई जित दिलाउन ओलावालेले ह्याट्रिक पूरा गर्दा एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक/एक गोल थपे । खेलको तेस्रो मिनेटमै एडेलाजाले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।

८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई सहज जिततर्फ अगाडि बढाएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ४-० गोलको अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा ओलावाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर मनाङलाई ५-० गोलको फराकिलो जित दिलाए । जारी लिगको यो दोस्रो ह्याट्रिक हो ।

जितसँगै मनाङ ८ खेलबाट १९ अङ्कको साथ दोस्रो स्थानमा यथावत रहेको छ । पराजित च्यासल समान खेलबाट ५ अङ्कको साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस्तै मछिन्द्र फूटबल क्लब ८ खेलबाट २० अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ ।

यो पनि :- आत्मघाती गोलमा मछिन्द्र विजयी, फ्रेन्ड्सको जितविहिन यात्रा जारी

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *