USAID

प्रिमियर लिगमा फर्किए कौन्टिन्हो

एजेन्सी । लिभरपुलका पुर्व मिडफिल्डर फिलिपे कौन्टिन्हो इङ्लिस प्रिमियर लिगमा फर्किएका छन् । ब्राजिलियन खेलाडी कौन्टिन्हो सिजनको अन्त्यसम्म लोनमा प्रिमियर लिग क्लब एस्टोन भिल्लासँग अनुबन्ध भएका हुन् ।

कोन्टिन्हो चार वर्ष अगाडि लिभरपुलबाट महँगो मुल्यमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । २९ वर्षीय मिडफिल्डरको बार्सिलोनासँग सम्झौता जुन २०२३ सम्म रहेको छ । यसअघि उनले २०१९/२० सिजनमापनि लोनमा बायर्न म्युनिखबाट खेलेका थिए ।

यस सिजन कौन्टिन्होले बार्सिलोनाबाट १६ खेल खेल्दै २ गोल गरेका छन् । समाग्रमा उनले बार्सिलोनाबाट २ ला लिगा, २ कोपा डेल रे र सुपर कोपा जित्दै १ सय ६ खेलमा २६ गोल गरेका थिए । यस्तै उनले बायर्न म्युनिखबाट बुन्डेसलिगा, डिएफबी पोकल र च्याम्पियन्स लिग जितेका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *