USAID

घरेलु मैदानमा लगातार तेस्रो जितको खोजिमा मनाङ

पोखरा । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दैछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।

आज हुने खेल जित्दै मनाङ पोखरा रंगशालामा लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । मनाङले घरेलु मैदानमा भएको यसअघिको दुई खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजलाई पराजित गरेको थियो । हाल मनाङ ७ खेलबाट १६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । मनाङले आजको खेल जिते र मछिन्द्रले आफ्नो खेलमा अङ्क गुमाएको खण्डमा मनाङ लिगको शिर्ष स्थानमा उक्लिनेछ ।

यता च्यासल भने आजको खेल जित्दै रेलिगेसन क्षेत्रबाट बाहिर निस्किन चाहन्छ । हाल च्यासल ७ खेलबाट ५ अङ्क जोड्दै लिगको १३ औं स्थानमा रहेको छ । पछिल्लो खेलमा टोलीको प्रदर्शनमा सुधार आएको बताउँदै सन्तोष साहुखलले आजको खेलमा सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *