USAID

सिटी एफए कपको चौथो चरणमा

एजेन्सी । इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको तेस्रो चरणको खेलमा स्विन्डोनलाई ४-१ गोलले पराजित गर्दै सिटी चौथो चरणमा पुगेको हो ।

कन्ट्री रोडमा भएको खेलमा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा गाब्रियल जेसस, इल्काइ गुन्डोगान र कोल पाल्मेरले एक/एक गोल गरे । खेलको १४ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाएका थिए । २८ औं मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

५९ औं मिनेटमा गुन्डोगानले गोल गर्दा सिटीले खेलमा ३-० गोलको अग्रता लिएको थियो । यस्तै ८२ औं मिनेटमा पाल्मेरले गोल गर्दै सिटीलाई ४-० गोलको जित दिलाए । जितसँगै सिटी चौथो चरणमा प्रवेश गर्दा स्विन्डोनको एफए कपको यात्रा समाप्त भएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *