USAID

संसद संचालनका लागि पहल गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद संचालनका लागि पहल गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अवरुद्ध संसद सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताए । संसद सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए । त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *