युभेन्टस र नेपोलीले अंक बाढे

एजेन्सी । इटालियन लिग सिरी ए मा युभेन्टस र नेपोलीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा युभेन्टस र नेपालीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एल्लिनाज रंगशालामा भएको खेलमा ने[पोलीको लागि डेरिस मेर्टिंसले गोल गर्दा युभेन्टसको लागि फेडेरिको चिएसाले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा पोलिटांकको पासमा मेर्टिंसले गोल गर्दै नेपोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा चिएसाले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अंक बाढेका हुन् । बराबरीसँगै नेपोली २० खेलबाट ४० अंक जोड्दै तेस्रो स्थानमा छ भने समान खेलबाट ३५ अंक जोडेको युभेन्टस पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *