अध्यक्ष पदमा शक्ति गौचनको उम्मेदवारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनले क्रिकेट संघ रुपन्देहीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी माघ ५ गते हुने निर्वाचनमा गौचनले अध्यक्ष पदका लागि उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

लामो समय राष्ट्रिय क्रिकेट टोलीमा रहेका गौचनले पछिल्लो समय क्रिकेट एकेडेमी संचालन गर्दै आएका छन् । गौचनले रुपन्देही जिल्लालाई क्रिकेटमा उत्कृष्ट जिल्ला बनाउने बताएका छन् । “क्रिकेट खेल र खेलाडीको निमित्त क्रिकेट खेलको विकासको निमित्त नयाँ सोच र नयाँ भिजन लिएर रुपन्देही जिल्लालाई नै क्रिकेटमा उत्कृष्ट जिल्ला बनाउने सोच लिएर जिल्ला क्रिकेट संघको चुनावमा अध्यक्ष पदको लागि उम्मेदवारी दिन गइरहेको छु ।” , शक्तिले फेसबुक मार्फत भनेका छन् ।

यस्तै उनले यस अभियानलाई सफल पार्न सम्बन्धित व्यक्ति र पदाधिकारीबाट सहयोग र सुवेच्क्षाको आशा गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *