काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाको नजिता विहीबार प्रकाशित गरेको हो ।
परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी भएका थिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।परिक्षामा सहभागी झण्डै ८० प्रतिशत विद्यार्थी पास भएका छन् ।