फुटसल एसियन कप छनोट: नेपाल समूह ‘बी’मा

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको नेपाल समूह ‘बी’मा परेको छ । बिहीबार भर्चुअल माध्यमबाट भएको ड्रमा नेपाल समूह ‘बी’मा परेको हो ।

समूह ‘बी’मा नेपालसँगै उज्वेकिस्तान, ताजिकिस्तान र अफ्गानिस्तान रहेका छन् । कीर्गिस्तानमा हुने छनोटका खेल नेपालले अप्रील १० देखि १२ सम्म खेल्नेछ । राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले प्रतियोगिताको लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् । बन्द प्रशिक्षण जनवरी ७ देखि शुरु हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु

गोलकिपर:- अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्सम थापा, सचिन श्रेष्ठ, सन्जीव तामाङ, सुमित कुमार आले

फिक्सो:- अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ

पिभोट:- अविनाश तामाङ, बिक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवश मास्के, सुसान श्रेष्ठ

एएलए- अदिल हमिद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मनि कुमार लामा, मनोज गुरुङ, रन्जित गुरुङ, रोशन छत्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *