सन् २०२१ मा चार करोड भन्दा बढी पर्यटकले गरे तिब्बत भ्रमण

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा दिएको जानकारी अनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४.१ अर्ब युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ ।

तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो । पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन् । पठार क्षेत्रमा अहिले १०० भन्दा बढी उच्च मूल्याङ्कन गरिएका पर्यटकीय आकर्षणहरू, २,७०० भन्दा बढी पर्यटन उद्यमहरू र २,३०० भन्दा बढी होमस्टेहरू सञ्चालनमा छन् ।

सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्र्याएको छ जसबाट करिब २१२.६ बिलियन युआनको पर्यटन राजस्व आर्जन भएको पनि जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *