कोभिडका कारण ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित

भारतको गुजरातमा आयोजना हुन लागेको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएको छ । कोरोनाभाइरसको संक्रमण बढेको भन्दै गुजरात सरकारले शिखर सम्मेलन स्थगित गरेको हो । शिखर सम्मेलन जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको थियो ।

समिटलाई भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । शिखर सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणमा जाने कार्यक्रम निश्चित भएको थियो । तर शिखर सम्मेलन स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *