यातायात कार्यालय सानो भर्याङबाट ११ बिचौलिया पक्राउ

काठमाडौं । प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङबाट ११ जना बिचौलिया पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने/दिने कार्यमा बाधा पुर्यायई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजी दुःख दिने ११ जना विचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिकाका अजय मगर, सर्लाहीका हेमबहादुर खपाङ्गी, उदयपुरका सुरज मगर, सर्लाहीका साजन मगर, रौतहटका विश्ववल्लभ लामा, कास्कीका सृजन थापा, रौतहटका सुवास योन्जन लामा, लमजुङका मेघराज गुरुङ, बाँकेका सुशान गिरी, काठमाडौंका लक्ष्मण सुनुवार र रामेछापका विज्ञान सुनुवार छन् । उनीहरुविरुद्ध अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *