वन अधिकृतमाथि सात करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनियमिततामा दोषी देखिएका एक वन अधिकृतलाई झण्डै ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

सुदूरपश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । संसदको सार्वजनिक लेखा समितिको उपसमितिले वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम अन्तर्गत अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विष्टलाई दोषी किटान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *