प्रतिनिधिसभाको बैठक पुस २८ गतेसम्मका लागि स्थगित

काठमडौं । पुस २२ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी निर्धारित बैठक स्थगित गरेको जनाएको छ ।

संसद सचिवालयले सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएको छ । यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *