USAID

कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताएका हुन् ।

एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । “कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन”, उनले भने