USAID

ए डिभिजन लिगको सातौं चरणका खेलहरुबाट

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । आज हुने पहिलो खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फूटबल क्लब भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ । एएफसी कपको छनोट खेल्ने सम्भावना समाप्त भैसकेको आर्मी आजको खेल जित्दै दोस्रो स्थानमा उक्लिन चाहन्छ । हाल आर्मी ६ खेलबाट १० अङ्क जोड्दै लिगको चौथो स्थानमा छ । यता एपीएफपनि आजको खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल एपीएफ ६ खेलबाट ५ अङ्कको साथ ११ औं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम(एनआरटी) भिड्नेछन् । खेल बेलुकी ४:४५ बजे शुरु हुनेछ । फ्रेन्ड्स लिगको एक्लो जीतविहिन टोली हो । त्यसैले फ्रेनड्स आजको खेल जित्दै रेलिगेसन क्षेत्रबाट बाहिरिन चाहन्छ । हाल फ्रेन्ड्स ६ खेलबाट ३ अङ्कको साथ लिगको पुछारमा छ । यस्तै एनआरटी ६ खेलबाट ७ अङ्कको साथ सातौं स्थानमा छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *