USAID

‘प्रचण्डको प्रतिवेदनले माथिमाथि उडान गरेको तर जमीनमा खुट्टा टेकेको छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेका छन् । उनले प्रचण्डको प्रतिवेदनमा १० बुँदे फरक मत राखेका हुन् ।

बन्दसत्रमा समूहगत छलफलका क्रममा न्यौपानेले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै फरक मत राखेका हुन् । फरक मत राख्दै न्यौपानले भनेका छन्,‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईँले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ । तपाई आफै ससशिर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बीर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’

त्यस्तै न्यौपानको फरक मतमा अध्यक्षको प्रतिवेदन ‘भुईंमा नटेकेर माथि–माथि उडेको’ भन्दै टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमीनमा खुट्टा टेकेको छैन । जमीनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ । त्यसैगरी तीव्र रुपमा भइरहेको आन्तरिक बसाइसराइ र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरीबीको रेखामुनि (२३ प्रतिशत) र गरीबीको रेखामुनि (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमीनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ ।’ प्रचण्डको प्रतिवेदनमा नेता राम कार्कीले यसअघि पूरक प्रस्ताव पेस गरेका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *