USAID

म्यानचेस्टर युनाइटेड र बर्नली भिड्दै

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र बर्नली भिड्दैछन् । ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार राति २ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । पछिल्लो समय जीतको लागि संघर्ष गरिरहेको युनाइटेड आजको खेलमा सकारात्मक नतिजा निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल युनाइटेड १७ खेलबाट २८ अङ्क जोड्दै लिगको सातौं स्थानमा रहेको छ । युनाइटेड लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

यता बर्नलीपनि आज हुने खेल जित्दै रेलिगेसन क्षेत्रबाट बाहिर निस्किन चाहन्छ । जारी लिगको मात्र एक खेलमा जित निकालेको बर्नली १५ खेलबाट ११ अङ्क जोड्दै लिगको १८ औं स्थानमा रहेको छ । बर्नलीले आफ्नो पछिल्लो ५ खेल मध्य ४ खेलमा बराबरी खेल्दा एक खेलमा हार बेहोरेको छ ।

दुई टोलीबीच भएको पछिल्लो १२ भेटमा युनाइटेडले ७ खेल जित्दा बर्नलीले मात्र एक खेल आफ्नो पक्षमा पारेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *