हेलम्बु क्षेत्रको हिमपातमा फसेको एडीबी विज्ञ टोलीको सकुशल उद्धार

सिन्धुपाल्चोक । बाक्लो हिमपातका कारण हेलम्बु क्षेत्रमा फसेको एडीबीको विज्ञ टोलीको उद्धार गरिएको छ । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार उक्त टोलीको आज विहान श्री एयरलाइन्सको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको हो ।

गत असार १ गते भेमाथाङ गएको पहिरो अध्ययनका लागि त्यहाँ पुगेको बिज्ञ टोलीमा १५ जना रहेका थिए । हिमाली क्षेत्रमा बाक्लो हिमपात सुरुभएपछि उक्त टोली ओढारमा बसेको थियो । उक्त क्षेत्रमा सात फिट बाक्लो हिमपात भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *