काठमाडौं। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।
चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन् ।