USAID

बुट नभएर फूटबल खेल्न छाडेकी अन्जनाको यात्रा राष्ट्रिय टोलीसम्म

काठमाडौं । गत हप्ता बंगलादेशमा सम्पन्न साफ यु-१९ वुमेन्स च्याम्पियनसिपमा नेपाल समूहचरणबाट बाहिरिदै घर फर्कियो । प्रतियोगितामा राम्रो शुरुवात गरेको नेपाल लिगचरणको अन्तिम खेलमा भारतसँग १-० गोलले पराजित भएसँगै फाइनलको बाटो बन्द भएको थियो ।

उपाधिमा आफ्नो नाम लेखाउने लक्ष्यसहित बंगलादेश पुगेको नेपालको सपनामा भारत फेरी एकपटक बाधक बन्यो । तर उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी अन्जना राना मगर सामाजिक सञ्जालमा मज्जाले छाईन् । पहिलोपटक नेपाली यु-१९ टोलीको कप्तानीको जिम्मेवारी बोकेर बंगलादेश पुगेकी अन्जनाले नेपालको गोलपोस्ट डटेर समालिन् । आफ्नो टोलीलाई फाइनलसम्मको बाटो डोर्याउन नसकेपनि उनले प्रतियोगितामा गरेको सेभहरु तारिफ योग्य थिए । मैदानमा गरेको प्रदर्शनबाटमात्र नभई बोल्ने शैली र सौन्दर्यताको कारणपनि उनको सामाजिक सञ्जालमा थुप्रै फलोअर्सहरु छन् ।

उनी त्यहि अन्जना हुन्, जसले एक समय फूटबल किट किन्ने पैसा नभएर खेल्न छाडेकी थिइन् । ममीको कारण फूटबल खेल्न शुरु गरेको बताउने अन्जनाले भनिन्, “बुट किन्ने पैसा नभएर एक महिना जति फूटबल खेल्न छोडे । खाली खुट्टा खेल्दा घाउ हुन्थ्यो । त्यसैले फूटबल नखेली घरमै बसे । ममीले पछि अंकलसँग पैसा मागेर बुट किनेर ल्याइदिएपछि फेरी खेल्न थालेको हु ।” कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘गुड मार्निंङ नेपाल’ कार्यक्रममा बोल्दै अन्जनाले जोडिन्, “शुरुवातमा चाहिँ म फरवार्डमा खाल्थे । तर कोचले घरमा गएर ममीसँग यसको हाइट छ यो गोलाकिपर खेल्नुपर्छ भनेपछि मात्र गोलकिपरमा खेल्न शुरु गरेको हु ।”

कलिलो उमेरमै रौतहट जिल्लाबाट प्रधानसेनापति लिग खेल्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी अन्जना हाल महिला टोलीको नियमित सदस्य रहँदै आएकी छिन् । उनी अहिले राष्ट्रिय टोलीमा एन्जिला तुम्बाप्पो सुब्बापछि दोस्रो रोजाईमा छिन् । उनले सन् २०१६ मा मलेसियासँग खेल्दै राष्ट्रिय टोलीको लागि डेब्यु गरेकी थिइन् । १४ वर्षको उमेरमै राष्ट्रिय टोलीको लागि डेब्यु गरेकी अन्जना कान्छी गोलकिपर भनेर चिनिदै आएकी छिन् । हाल पहिलो रोजाईमा रहँदै विभागीय टोलीको गोलापोस्ट समालेकी अन्जनाले लगभग नेपालको सबै उमेर समूहबाट खेलिसकेकी छिन् ।

तस्वीर:- अन्जना राना मगर फेसबुक

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *