माओवादीको समाजवादमा पुग्ने बाटो ‘अस्पष्ट’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा समाजवादमा पुग्ने बाटो स्पष्ट नभएको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन्।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा भएको छलफलमा सहभागीले समाजवादमा पुग्ने बाटो स्पष्ट नभएकाले महाधिवेशनले तय गर्नुपर्ने सुझाएका हुन्। छलफलमा सहभागीले प्रतिवेदन अपूरो र अस्पष्ट भएको बताएका छन्। उनीहरूले प्रतिवेदन क्रान्तिकारी भए पनि त्यसमा थप सुधारको आवश्यकता औंलाएका छन्।नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *