विकासप्रति सरकार प्रतिबद्ध : मन्त्री कार्की

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

सुनसरीमा आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले खोप लगाउने विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन् । मन्त्री कार्कीले एकजुट भएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् ।

सबै आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अगाडि बढे नेपाल १० देखि १५ वर्षभित्र दक्षिण एसियामा सम्पन्न राष्ट्रका रूपमा विकसित हुने बताउँदै उनले अबको लक्ष्य एकमात्र समृद्धिको दिशामा अग्रसर हुने जनाएको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *