USAID

मेरो जन्ममिति फरक-फरक देखिनु न्याय परिषदको त्रुटि होः न्यायाधीश खड्का

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति फरक फरक नरहेको स्पष्ट पारेकी छन् । शुक्रबार विज्ञप्ती जारी गरी न्यायाधीश खड्काले विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेकी हुन् ।

न्याय परिषद्ले त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको उनले बताएकी छन् । उनले न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्ममितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख रहेको बताएकी छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.