बाइडन अर्काे पटक पनि राष्ट्रपतिमा उठ्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दिएमा अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि निर्वाचनमा लड्ने बताएका छन् ।अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उने बताएका हुन् ।

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले पुनः उठ्ने बताएका हुन् । उनले भने,‘हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *