तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *