राष्ट्रसंघद्वारा यमनलाई दिदै आएको सहयोग कटौती

संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

“द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपील गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,” डब्लुएफपीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदा हुदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाई छ । यमनमा साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही पक्षका बीचमा सन् २०१४ देखि गृहयुद्ध चलिरहेको छ ।

द्वन्द्वका कारण ठूलो जनधनको क्षति भएको छ भने खाद्य संकट पनि उत्पन्न हुने गरेको छ । देशका आधारभूत आवश्यकताका लागि पनि विदेशी सहयोगको भर पर्नुपर्ने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *