नेतृत्व चयन गर्न माओवादी केन्द्र प्रदेश १ मा पनि चुनाव

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा नेतृत्व चयन गर्न सहमति जुटाउन नसकेपछि चुनाव हुने भएको छ।

पदाधिकारी टुंगो लगाउन गठित कार्यदलले पनि सहमति खोज्न नसकेपछि निर्वाचन हुने भएको हो । नेतृत्व चयन गर्ने प्रक्रिया प्रदेश समितिको बैठकपछि सुरु हुने माओवादीले जनाएको छ।

माओवादी केन्द्र प्रदेश कमिटीको बैठक आज बस्दैछ। बैठकपछि नौ पदाधिकारीका लागि निर्वाचन गरिने छ। अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *