बार्सिलोना र सेभिल्लाले अंक बाढे

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा क्याटलान क्लब बार्सिलोना र सेभिल्लाले अंक बाढेका छन् । मंगलबार राति भएको खेलमा बार्सिलोना र १० खेलाडीमा समेटिएको सेभिल्लाबीच भएको खेल १-१ गोलको बराबरी सकिएको हो ।

सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्लाको लागि एलेजान्द्रो गोमेजले एक गोल गर्दा बार्सिलोनाको तर्फबाट रोनाल्ड अरौजोले एक गोल फर्काए । खेलको ३२ औं मिनेटमा इभान राकिटिकको पासमा गोमेजले गोल गर्दै सेभिल्लालाई खेलमा अगाडि बढाएका थिए । ४५ औं मिनेटमा डेम्बेलेको कर्नरमा अरौजोले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए ।

६४ औं मिनेटमा जुलेस कोन्डे रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा समेटिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो । बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाढे ।

यससँगै सेभिल्ला १८ खेलबाट ३८ अंक जोड्दै लिगको दोस्रो स्थानमा यथावत छ । समान खेलबाट २८ अंक जोडेको बार्सिलोना २८ अंकको साथ सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *