७६ करोड कर छलीमा शेखर गोल्छामाथि छानबिन माग

मकवानपुर। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड कर छली गरेको विषय बाहिर आएकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरे । गोल्छाले एमसीसीको विरोध गर्नेहरूको विरुद्ध अभिव्यक्ति दिएको भन्दै सांसद सुवालले राजस्व छली गर्ने गोल्छाविरुद्ध छानबिन हुनुपर्ने माग गरेका हुन् ।

‘उद्योग वाणिज्य महासंघका शेखर गोल्छाले ७६ करोड भ्याट छली गरेको समाचार आएको छ । र स्रोत नखुलेको विदेशी कम्पनीमा लगानी गरेको विषय सार्वजनिक भएको छ,’ सांसद सुवालले भने, ‘सम्पत्ति शुद्धीकरणद्वारा शेखर गोल्छामाथि छानबिन गरिनुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’ राष्ट्रलाई तिर्नुपर्ने कर नतिरेको भन्दै उनले गोल्छामाथि कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराए ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरिरहेका बेला संसद् बैठक चलाएको भन्दै आपत्तिसमेत जनाएको आजको राजधानी दैनिकमा खवर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *